दाङमा एक महिलाको शब फेला

Posted on: 02 Sep, 2017


सन्तोषकुमार गुप्ता/भदौ १७, दाङ  । देउखुरीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शब फेला परेको छ ।

गढवा गाउँपालिका—१ पत्तरिङ्गा स्थीत रङ्गसिङ खोला र राप्ती नदीको दोभानमा करिब ४५—५० बर्ष की एक महिलाको शब फेला गरेको हो । शबको अहिले सम्म पहिचान हुन नसकेको प्रहरी चौकी गोबरडिहाका प्रहरी सहायक निरीक्षक भरत अधिकारीले जानकारी दिए । 

शबलाई पोष्टमार्टमका लागि शुक्रबार साँझ नै लमही पठाई सकिएको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए । स्थानीयबासीहरुले नदी छेउमा बेबारिसे लास देखि पछि प्रहरीलाई खबर गरेका थिए ।

वार्ड अध्यक्ष बाबुराम अधिकारी सहित स्थानीयबासीको रोहबरमा मुजुल्का बनाई लास पोष्टमार्टमका लागि लमही पठाईको छ । मृत्युका कारण र मृतक महिलाको पहिचानका लागि प्रहरी अनुसन्धान कार्य अगाडी बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!