कपिलवस्तुमा किसानलाई सास्ती र कालाबजारियाहरु लाई मस्ती

Posted on: 30 Aug, 2017

कालाबजारीयाहरुले पेट्रोल १४० रूपया प्रति लिटर बिक्री गरेकोले जनतालाई समस्या र मार्का



इमरान खान। भादौ १४, कपिलवस्तु । एक साता पहिला बाढी पहिरोको मारमा परेका कपिलवस्तु जिल्लाका किसानहरु यतिबेला पेट्रोल तथा डिजलको कालोबजारीको मारमा परेका छन । 

कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका, बहादूरगंज, रूद्रपुर, सिरसिहवा, झिगहा लगायतका पेट्रोल पम्पहरूमा पेट्रोल तथा डिजलको कमीको कारणले किसान र व्यापारीहरूलाई सास्ती झेल्नु परिरहेको छ । पेट्रोल तथा डिजलको अभावले कृष्णनगर नगरपलिका, बहादूरगंज लगायतका बजारहरुमा कालाबजारियाहरुले पेट्रोल १४० रूपया प्रति लिटर बिक्री गरेकोले जनता, किसान तथा व्यापारीहरूलाई समस्या भोग्नु परिरहेको स्थानियबासि शाहबाज खानले बताउनु भयो ।

पेट्रोल पम्पहरुमा पट्रोल तथा डिजल नहुने तर बजारको किराना पसल तथा पानको पसलहरूमा कालोबजारीहरुले महँगो मूल्यमा पेट्रोल तथा डिजलहरु पाइने भएकोले यो पेट्राल तथा डिजलहरु कहाँबाट ल्याई बिक्री गरिरहेको छन । यो समस्यालाई लि कपिलवस्तु जिल्लाका लागि गम्भीर प्रश्न खडा भएको छ । यो पेट्रोल पम्पहरुकै कालो बजारीमा पेट्रोल तथा डिजलहरु बिक्री र जनतामाथि चर्को मूल्य थोपर्ने प्रपञ्च हो भन्ने किसानहरु तथा स्थानियबासि शाहबाज खानले अरोप लगाएका छन । एक साता देखि यस्तो कालाबजारीया भईरहेको तर सम्बन्धित निकायहरुले हेरेर पनि कुनै कारवाही नगरेको स्थानियबासि शाहबाज खानले अरोप समेत लगाएका छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!