कपिलवस्तुमा साढे चार लाख रकम लुटपाट गरि फरार

Posted on: 30 Aug, 2017


इमरान खानक/भदौ १४, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६ गोबरी गाउँको गोबरी चौराहामा रहेको तिलौराकोट हार्डबेयरमा सोमबार मध्यराति लुटेराहरुले करिव चार लाख पचास हजार रकम लुटपाट गरी फरार भएका छन ।

मुखमा पट्टी बाँधेर आएका ५ जनाको संख्यामा रहेका लुटेराहरुले हार्डबेयर मालिक राजु तेलीलाई मरणासन्न हुने गरी कुटपिट गरी सो रकम लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

राति १ बजेतिर हार्डबेयर पसलमा प्रबेश गरी तेलीलाई निर्घात कुटपीट गरी रकम लुटेर भागेकाथिए । लुटेराहरु भागेपछि गाउँमा होहल्ला भएको थियो । घटना स्थल सशस्त्र प्रहरी बलको बीट देखि करिब २ सय मिटर भित्र रहेको छ ।

रकम दिन नमान्दा ज्यान नै मार्ने धम्की दिँदै निर्घात कुटपीट गरेपछि बाध्य भएर लुटेराहरुलाई रकम दिएको पीडित तेलीले बताउनु भयो । तेलीको टाउकोमा तथा शरीरको बिभिन्न भागमा गहिरो चोट लागेको छ । तेलिको रुपन्देहीस्थित युनिभर्सल मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हार्डबेयर पसलमा बिक्री भएको रकम उनले प्रायः जसो घरमै राख्ने गदर्थे । प्रहरीले घटनामा संलग्न भएको आरोपमा २ जना शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक पहद अधिकारीले बताए । लुटेराहरुको जोरतोरले खोजी भईरहेका प्रहरी नायब उपरिक्षकले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!