कपिलवस्तुमा वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

Posted on: 28 Aug, 2017

भदौ १२,कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । 

बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न नदीमा पस्दा आइतबार साँझ मल्लाहलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । 

उनको खोजीकार्यमा प्रहरी निरीक्षक सुशील थापाको नेतृत्वमा १२ जना प्रहरी परिचालन गरेको अधिकारीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!