आकाशे पानीको भरमा जिविकोपार्जन

Posted on: 27 Aug, 2017

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। सोरु गाउँपालीका वडा नं ६ का १ सय २५ घरधुरीका स्थानीय आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका छन ।  घर नजिकै पानीको स्रोत नभएको र पानी लिन ४ घण्टा हिड्नु पर्ने बाध्यताले आकाशे पानीको भरमा जिविकोपार्जन गर्न बाध्य भएका हुन । 

सोरु गाउँपालीका वडा नं ६ जिमाका स्थानीय ६ महिना लेकमा र ६ महिना औलका घरमा बस्ने गरेको र लेकमा बस्दाको समयमा पानीको जोहो गर्न साहै्र समस्या हुने गरेको स्थानीय मानसिङ  कार्कीले बताउनुभयो ।१ सय २५ घरदुरी रहेको गाउँमा पानीको स्रोत नहुँदा पानी लिन जान महिला लाई निकै समस्या हुने गरेको र गाई बस्तुलाई पानी खुवाउन पनि ४ घण्टा हिनाएर जिमा खोला ल्याउनु परेको कार्कीले गुनासो गर्नुभयो । पानी परेको समयमा आकाशे पानी जम्मा गर्नको लागी प्लाष्टिक पोखरी निमार्ण गरि पानी जम्मा गरी खाने र खड्री परेको समयमा ४ घण्टा हिनेर भए पनि जिमा खोला आउने गरेको कार्कीको भनाईरहेको छ । सोरु गाउँपालीकामा खानेपानीका योजना  धेरै जाने गरेको भए पनि योजनाको दिगो बिकास हुन नसकेको पाईएको छ ।

 बर्षेनि खानेपानीका योजना गाउँ गाउँमा जाने तर काम नगरी गमगढीमै बिल मिलाउने प्रवृत्तीले गर्दा पनि यस्तो समस्या भोग्न स्थानीय बाध्य भएका अर्का स्थानीय पदम बहादुर शाहीले बताउनुभयो । सोरुगाउँपालीका अधिकांश ठाउँमा खानेपानीको समस्या छ । खानेपानीकै समस्याका कारण स्थानीय कर्णालीको धमिलो पानी खान बाध्य भएका छन भने धमिलो पानीकै कारण पथ्थरी जस्ता रोग पाल्न बाध्य भएका शाहिको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!