मुर्मा गाउँमा वडा स्तरिय खानेपानी तथा सरसफाई समिति गठन

Posted on: 26 Aug, 2017


नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समिति गठन गरिएको छ ।

संयुक्त राष्ट्र संघ अन्र्तराष्ट्रिय बाल कोष युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा शुक्रवार मुर्मा गाउँका सरोकारवाला निकायको सहभागितामा वडा स्तरिय स्वच्छता समिति गठन गरिएको हिरिसडेक मुगुका खानेपानी सरसफाई स्वच्छता  अधिकृत गणेश रावलले जानकारी दिनुभयो भयो । 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मणिचन्द्र रोकायाको संयोजकत्वमा  १५ सदस्यीय समिति गठन गरिएको हो । सदस्यहरुमा वडा सदस्यहरु सिंह बुढा, छ्याउकला विक, अजविर रोकाया, र बुधुकला रोकाया रहेका छन । 

त्यस्तै विद्यालयका तर्फबाट प्रधानाध्यापक नन्दसिंह रोकाया, महिला स्वास्थ्य स्वयम सेविकाका तर्फबाट बेलपुरा रोकाया लगायत बाल क्लब , युवा क्लब, किशोरी समुह बाट गरी पन्ध्र सदस्यीय समिति गठन गरिएको हो । 


समिति गठन भए लगत्तै गाउँ , विद्यालय तथा बातावरणिय सरसफाईका लागि पुर्ण सरसफाई अभियानलाई सार्थक बनाउन कार्ययोजना समेत निर्माण गरिएको छ । 

कार्य योजना अनुसार गाउँका सबै घरधुरीमा चर्पीको अवस्था, खानेपानी, घर आँगन सरसफाई, व्यक्तिगत सरसफाई लगायतका क्षेत्रको अनुगमन गरि देखिएका कमि कमजोरी सच्याउन छलफल, बहस, अभियान सञ्चालन गरिने छ । 

हरेक महिनाको एक पटक गाउँमा वातावरणिय तथा घर आँगन सरसफाई अभियान सञ्चालन गरिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!