माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

Posted on: 25 Aug, 2017

भदौ ९, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरको सुरहि खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

शिवपुरमा वस्ने १९ वर्षिय रामु थारु विहिवार दिउसो सवा १ वजे खोलामा डुवेको प्रहरिले जनाएको छ । थारु सगै माछा मार्न गएका  २ जना साथिलाई आफु नुहान जान्छु भनेर हिडेको तर अबेर सम्म नआएपछि खोज्न जादा पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।

रामुलाई उपचारको लागि चन्द्रौटा ल्याउदै गर्दा वाटोमा ज्यान गएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभयो ।शवलाई पोष्टमार्टको लागि वहादुरगंजमा रहेको शिवराज अस्पताल  लागिएको भट्टराईले वताउनु भयो । - माधव बेल्वासेको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!