डडेल्धुरा बागबजारका ५० प्रतिशत पसल अवैध रुपमा संचालनमा

Posted on: 22 Aug, 2017

भदौ ६, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम बागबजारका ५० प्रतिशत व्यापारीहरुले पसल अवैध रुपमा संचालन गरेको पाइएको छ ।

डडेल्धुराको मुख्य व्यापारिक केन्द्र बागबजारमा व्यापारीहरुले पसल दर्ता नगरेको, दर्ता भएका पसल पनि नविकरण नगरिएको भेटिएको हो । मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको संयोजनमा गरिएको बजार अनुगमनमा यस्तो भेटिएको हो ।

अनुगमन टोलीले डडेल्धुराको बागबजार क्षेत्रको बसपार्क क्षेत्रदेखि बगरबाटासम्म अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस पसल कानुन बमोजिम सम्पुर्ण प्रकिया पु¥याएर दर्ता नगरिएको, दर्ता भएका केहि पसल पनि नविकरण नगरिएको, व्यापारीहरुले मनोमानि तरिकाले मुल्यसुचि निर्धारण गरेको भेटिएको छ ।

यस्तै केही पसलमा म्याद नाघेका खाद्य सामाग्री समेत भेटिएको निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन् । म्याद नाघेका सामाग्रीलाई बरामद गरिएको छ । यस्तै बसपार्क क्षेत्रका सबै तरकारी पसल राखिएका खोकाछाप्राहरु पूर्ण रुपमा अवैध रहेको उनले बताएको छन् । साथै छाप्रावालाहरु सहित सम्पूर्ण अवैध पसललाई सातदिन भित्र कानुनी प्रक्रियागत तरिकाले पसल दर्ता गरि जिल्ला प्रशाशन कार्यालयलाई जानकारी गराउन निर्देशन दिईएको छ ।

यदी उक्त प्रक्रया नअपनाए खोकाछाप्रा हटाउने चेतावनी समेत दिईएको निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन् । साथै बसपार्कमै रहेको सार्वजनिक शौचालय छेकेर संचालन गरिएका तरकारी तथा फलफुल पसल तत्काल व्यवस्थानप गर्न समेत निर्देशन दिईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!