कालिकोटमा स्काभेटर दुर्घटना हुन दुईको मृत्यु, एकजना घाईते

Posted on: 06 Aug, 2017


दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । 

जिल्ला सदरमुकाम  मान्म बाट जुम्ला तर्फ गैरहेको स्काभेटर बिहानी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि खाडाचक्र नगरपालिका वडानं ६ निवासि बिष्ण वहादुर शाही र स्काभेटर चालक सुर्खेत छिन्चुका तुलाराम धौलाकोटीको ज्यान गएको छ । 

यस्तै स्काभेटरमा सवार राष्कोट नगरपालिका निवासी छत्र वहादुर वम गम्भिर घाइते भएका छन् । घाइते बमको आजै नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!