छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा सविनालाई निर्घात कुटपिट

Posted on: 28 Jul, 2017


साउन १३, कपलिवस्तु । छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा कपिलवस्तु नगरपालिका वार्ड नं. ५ श्रीरामपुरकि २० बर्षीय सबिना खातूनलाई निर्घात कुटपिट गरेका छन । 

सबिनालाई निर्घात कुटपिट गरेको थाहा पाएपछि उनका दाईहरु बहिनी लिन जाँदा श्रीमान र ससुराद्वारा दाईहरुलाई पनि कुटपिट गर्नुका साथै मोटरसाईकल समेत खोसेर घरबाट बहिर निकालेका स्थानियबासिहरुले बताएका छन । 

३ महीनाको छोरीलाइसमेत आमाबाट अलग गरिएको स्थानियबासिहरुको भनाई छ । पीडित महिलाका बुबाले प्रहरीमा उजुरी गरपनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!