जुम्लामा ५६ हजार ९ सय ६६ नागरीकले गरे स्वास्थ्य बिमा

Posted on: 27 Jul, 2017

सास/साउन १२, जुम्ला । स्वास्थ्य बिमा प्रति जुम्लाका नागरीकले तिब्र चासो दिन थालेका छन् । 

नेपाल सरकारले अभियानकै रुपमा संचालन गरेको स्वास्थ्य बिमाको महत्वका बिषयमा जुम्लाका नागरीकले राम्रोसँग जानकारी पाएपछि बिमित बन्नका लागि तिब्र चासो दिन थालेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम जुम्लामा प्रारम्भ भएको तिन महिना भित्र १२ सय ७७ घरधुरीका ५६ हजार ९ सय ६६ नागरीकले स्वास्थ्य बिमा गराएका छन् । 

स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला प्रबन्धक प्रेम कुमार भण्डारीका अनुसार तिन महिनाको अवधिभित्र लक्ष्य भन्दा बढि नागरीक बिमित बनेका छन् । उहाले भन्नु भयो, तिन महिनाको अवधिमा बढिमा १५ सय देखि २ हजार जति बिमित हुन्छन् भन्ने हामिले अपेक्षा गरेका थियौ । 

तर अपेक्षा भन्दा धेरै नागरीक बिमित भए यो निकै खुसिको कुरा हो । यो दरलाइ हेर्ने हो भने बिस्तारै सबै नागरीक बिमित हुन्छन् भन्नेमा हामिले अपेक्षा गरेको छौ । जसले गर्दा सबै नागरीक आफ्नो स्वास्थ्य प्रति आफै सजक र सुरक्षित हुने उहाँको भनाइ छ । 

हाल सम्म ५६ हजार ९ सय ६६ नागरीकले स्वास्थ्य बिमा दर्ता गराए बापत ३१ लाख रकम सरकारी कोषमा जम्मा भएको छ । जुम्लामा स्वास्थ्य विमा कार्यक्रम बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । बैशाख, जेठ र असार महिनामा दर्ता भएका बिमितकालागि भदौ १ गतेदेखि सेवा सुचारु हुने बताईएको छ । 

एक वर्षको ३ महिना दर्ता प्रक्रिया, एक महिना ईन्ट्री हुने र चौथो महिनाबाट सेवा सुचारु हुने सामाजिक स्वास्थ्य विमा कार्यक्रमको कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका ८ वटा स्थानिय तहका ६० वडामा ५८ जना बिमा दर्ता सहयोगी परिचालन भएका छन् । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमान्डौका अनुसार ५ जना परिवारसम्मले बार्षिक रुपमा २५ सय रकम योगदान स्वरुप जम्मा गरेमा ५० हजार बराबरको औषधि उपचारमा सहयोग प्राप्त गर्न सकिनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!