कपिलवस्तुवाट १ सय ६ चेलीको उद्धार, १२ अभियुक्त जेल चलान

Posted on: 16 Jul, 2017

माधव बेल्वासे/साउन १, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरवाट एक वर्षको अवधिमा १०६ जना चेलिहरुलाई उद्धार गरिएको छ ।  

महिला वेचविखनमा सक्रिय भुमिका खेलेका १२ जना लाई जेल चलान गरिएको छ । के आई नेपाल शाखा कार्यलय कपिलबस्तुले आर्थिक बर्ष ०७३∕७४ मा सिमा निगरानी तथा सोधपुछ गर्ने क्रममा बिभिन्न समयमा नियन्त्रणमा लिएका केशहरु जिल्ला अदालत कपिलबस्तुबाट फैसला गरि १२ जनालाई जेल चलान गरेको छ ।

सिमा निगरानी संगै घरमा कुनै जानकारि नदिई भारत तर्फ विभिन्न बहाना बनाएर जाने चेली हरु १०६ जनालाई सुरक्षित साथ उद्धार गरेको छ । उद्दार गरिएका ८ जना चेलीहरु जो अत्यान्त आर्थिक अबस्था कमजोर भएकालाई केआई नेपालले आत्मनिर्भरको लागि चितवन सेफ होम पठाएको छ ।

केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले करिब १ दशक कृष्णनगर सिमा क्षेत्रमा रहि काम गर्ने शिलशिलामा यस बर्ष मानब बेचबिखनमा संलग्न गिरोहहरुले यस नाकालाई बढि प्रयोग गरेको पाइएको केआई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।

सिमामा रहि मानब बेचबिखन बिरुद्ध काम गर्ने क्रममा नेपालबाट भारत जादै गरेका ३ हजार ४सय ८१ जना चेलीहरुलाई मानब बेचबिखन तथा लैंगिक हिंसा बाट सजग रहन र सचेत हुनका लागि परामर्श प्रदान गरिएको संयोजक बिशर्काले बताए ।

केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले कृष्णनगरको सिमा नाका र यात्रुगेटमा बिहान देखि बेलुकि सम्म सिमा निगरानीमा गरिरहेको छ  ।यसरि सिमा निगरानीबाट नियनत्रणमा आएका बिचौलियाहरुलाई इलाका प्रहरि कार्यलय कृष्णनगर र असथाई प्रहरि चौकि लिगेटको पुर्ण सहयोगबाट धैरै अभियुक्त हरुलाई नियन्त्रणमा लिन सकेको बिशकर्माले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!