सल्यानमा यात्रुवाहाक बस दुर्घटना हुँदा २ को मृत्यु, दुई दर्जनबढि घाइते

Posted on: 09 Jul, 2017


खकेन्द्र केसी/असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको पुष्टी भएको छ भने २८ जना भन्दा बढि घाइते भएका छन् ।  

घाईतेको अबस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सं्रख्या पनि बढ्दै छ । १ जनाको घटना स्थलमा र अर्का १ जनाको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले बताएको छ । 


दाङ घोराहिबाट रुकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस आज विहान साढे ९ बजेतिर जिल्लाको त्रिवेणि गाउँपालिका वडा नम्बर ५ स्थीत टुनिबोट र सल्लेखोलाको विचमा पल्टीएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

अहिले  घाइतेहरुको उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल सल्यान र श्रीनगरमा रहेको कान्तीपुर अस्पताल र अधिकारी बन्धु किल्नीक अस्पतालमा उपचार भइरहेको छ ।  


घाईलेमध्य केहिको अबस्था चिन्ताजनक रहेकाले ३ जनालाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डि.एस.पी श्याम बहादुर खत्रिले जनाएका छन् ।  घटनाको विस्तृत विवरण आउन बांकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!