शान्तिका लागि रफत कालिकोटमा गठन

Posted on: 01 Jun, 2017


दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ । 

बिगत बर्षदेखि जिल्लाका बिभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुको एक भेलाबिच क्लवको गठन गरिएको हो । जिल्लाको राजनैतिक धार्मिक पर्यटकिय लगायतका बिषयहरु उजागर गर्न तथा यसको बिकासमा पैरवी गर्न कालिकोटका पत्रकार बिस्नतप्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

जसमा उपाध्यक्ष रेडियो चंखेलीका बिश्वनाथ पसम्खाडा, सचिवमा रेडियो मालिका एफएमका रमेश बोगटी, सह सचिवमा रेडियो नेपाली आवाजका कर्ण कुमाल, कोषध्यक्षमा रेडियो नयाँ कर्णाली एफएमका रोजिना रावल र सदस्यहरुमा रेडियो चंखेलीका लक्ष्मी तिमिलसेना, रमेश सुनार, रेडियो मालिकाका पुष्पराज भट्टराई, साधना शाही रहेका छन् ।

बरिष्ट पत्रकार एवं रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर भरतराज बिष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, रिपोटस क्लव नेपालका अध्यक्ष लंकराज धमाला, रेडियो चंखेली एफएमका स्टेशन म्यानेजर दिलीपकुमार शाही लगायतका पत्रकारहरुको सहभागीता भेलाको आयोजना गरी संचार अभियानलाई थप प्रभावकारी बनाउन रफत संचार क्लव कालिकोटको गठन गरिएको नवगठित क्लवका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!