प्रहरी हबल्दार नै हराएपछि खोजिदिन आग्रह

Posted on: 29 May, 2017

मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेका छन । 

इलाका प्रहरी कार्यालयमा बहादुरगजंमा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भइ गएका हबल्दार मगर यही जेष्ठ ८ गतेबाट सम्पर्कविहीन भएको उनकी श्रीमती पेमकला खांस मगरले संचारकर्मीहरुलाई जानकारी दिएकी छन । 

जेष्ठ ८ गते बहांदुरगन्जबाट वडा प्रहरी कार्यालय चन्दौटासम्म पुगेका प्रमाणहरु भेटिएको र त्यहाँबाट सम्र्पर्क िवहीन भएको उनले जानकारी दिइन । मानसिक सन्तुलनमा समस्या भएको र एकपटक काठमाडौंबाट उपचार गराएर ल्याएको र पुनः त्यस्तो समस्या भएको कारण हराएको हुन सक्ने उनको श्रीमतीले बताइन । श्रीमानको खोजी कार्य गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदनसमेत उनले दिएकी छन । 

प्रहरीले यस्तो समस्या सिर्जना भएपछि परिवारलाई जिम्मा लगाउनु पर्ने उनका छिमेकी कृष्ण प्रसाद पाण्डेले बताए । तत्काल हराएको प्रहरीको खोजी कार्य गर्न प्रहरी तथा पत्रकारलाई उनकी श्रीमतीले आग्रह गरेकी छन । 

उता प्रहरी उपरिक्षक भोजजंग शाहले मानसिक सन्तुलन बिग्रिएको कारण प्रहरी हवलदार हराएको हुनसक्ने भएकोले तीव्ररुपमा खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक शाहल बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!