भिरबाट लडेर लक्ष्मणको मृत्यु

Posted on: 02 May, 2017

पर्वत, १९ बैशाख । निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाइन सव स्टेशन आयोजनामा कार्यरत एक मजदुरको भीरबाट लडेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका २ पाङ स्थित निर्माणाधिन आयोजनामा श्रमिकको रुपमा काम गर्दै आएका लक्ष्मण गुरुङको मृत्यु भएको हो ।

तनहुँ घर भएका ३५ बर्षिय गुरुङको मंगलबार अर्मादी भिरबाट लडि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रत्यक्ष दर्शीले टेलिफोन मार्फत जानकारी गराउनासाथ प्रहरी टोलि खटि गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!