पौडि खेल्नेक्रममा सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता

Posted on: 30 Apr, 2017

पूर्णप्रसाद न्यौपाने | बैशाख १७, ओखलढुंगा | सुनकोशी नदीमा डुबेर आज एक बालक बेपत्ता भएका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका २ बलखुका मुन्द्रे तामाङका अन्दाजी १४ वर्षीय छोरा चन्द्र बहादुर तामाङ बेपत्ता भएका हुन् । 

सुनकोशी मावी बलखुमा कक्षा ९ मा अध्ययनरत तामाङ दिउँसो १ बजेपछि साथीहरुसँग सुनकोशीमा गएर पौडी खेल्नेक्रममा सुनकोशी नदीले बगाएर बेपत्ता बनाएको स्थानीय भानुभक्त थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्थानीयहरुले खोजीकार्य जारी राखेका छन् । घटना स्थलतर्फ प्रहरी प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । थप विवरण आउनबाँकी छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!