बालहिंसा न्यूनिकरण गर्न प्रहरीद्धारा बार्षिक कार्ययोजना निर्माण

Posted on: 12 Mar, 2017


दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना समेत निर्माण गरेको छ । 

जिल्लामा हुने बालविवाह, बालश्रम, बाल विज्याई, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भनि गरेको प्रतिवद्धता संगै जिल्ला प्रहरी कार्यालयले बार्षिक कार्ययोजना निर्माण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले आफु मतहतका इलाका र प्रहरी चौकीका प्रहरीहरुलाई जिल्लामा बोलाई बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त कार्ययोजना निर्माण गरेको छ । बाल अधिकारमा सवालमा काम गर्दै आएको सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपालको सहजीकरणमा प्रहरीको क्षमता विकासका लागि, बाल अधिकारको सम्मान, संरक्षण र सम्र्वधन सम्बन्धि २ दिने ताजकीयमा बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माण गरेको हो ।


जिल्ला प्रहरी कर्यालयका प्रमुख योगेन्द्र कुमार खड्काको अध्यक्षतामा यहि फागुन २७ गते देखि २ दिन सम्मका लागि संचालित ताजकीयमा जिल्लाभर ३० जना प्रहरीको सहभागीता सहभागिता रहेको छ । 

२ दिन सम्म संचालित ताजकियमा बालहिंसा न्यूनिकरण सम्बन्धी कार्ययोजना निर्माणमा चिल्डे«नका कार्यक्रम अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका बाल अधिकृत धनिराम न्यौपाने, सरकारी वकिल उत्तम थापा लगायतले सहजिकरण गर्नु भएको छ ।


प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक बिजय बिश्वकर्माको विशेष आथित्यतामा संचालित ताजकियको समापनमा जिल्ला प्रहरी कार्यालयले आफु बालहिंसा न्यूनिकरणमा कटिवद्ध रहेको र यसको कार्यान्वयनका लागि कार्ययोजना समेत निर्माण गरेको बताएको छ । 

बालअधिकारका सवालमा काम गर्दै आएको दातृ निकाय तथा संघसंस्थाहरुको सहयोगमा कार्ययोजना समेत निर्माणमा टेवा पुगेकाले यसै कार्ययोजना अनुसार बालबालिकाका सवालमा जिल्लामा हुने घटना सबै नियन्त्रण गर्ने प्रतिवद्धता समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!