वायुमण्डलिय प्रभावले कालिकोटमा चिसो, जनजिबन प्रभावित

Posted on: 10 Mar, 2017

दलसिंह गिरी/फागुन २७, कालिकोट । अघिल्लो वर्षको तुलनामा यस वर्ष फागुनको अन्तिम सातामा ह्वात्तै बढेको छ । 

दुई दिन देखि बेसी भेगमा झिमझिम पानी तथा लेकाली भेगमा निरन्तर हिउ पर्न तालेपछि चिसो ह्वात्तै बढेको हो ।

गएको माघ १५ बाट चिसो घटेर तातो मौसम सुरु भैरहेकाबेला पछिल्लो २ दिन देखि यता बायुमण्डलिय प्रभावले मौसम बदली भै कर्नाली लगाएत देशका अधिकांश भूभागमा एक्कासी चिसो बढेको छ । 

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज दिनभर मध्य तथा सूदुरका सबै जिल्लाहरुमा हल्का बर्षा हुनुका साथै लेकाली भेगहरुमा बाक्लो हिमपात भएको र देशको पूर्बी क्षेत्रमा समेत सिमसिम बर्षा भएको जनाएको छ ।

मौसम बदलिका कारण दैनिक जनजिबन समेत प्रभावित भएको छ । केटाकेटी, बुढाबुढी तथा सुत्केरी महिलाहरुलाई चिसोले बढी सताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!