जलबायु परिवर्तनबारे २५ जना अनुकुलित प्रशिक्षक तयार

Posted on: 08 Mar, 2017


दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पारिएको छ । जलबायु परिवर्तन अनुकुलन सम्बन्धि कालिकोटमा काम गर्दै आएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) द्धारा २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार गरिएको हो । 

जलबायु परिवर्तन न्यूनिकरण सम्बन्धि विभिन्न अनुकुलित योजना निर्माण गरी लैङ्गिक समावेशीकरण सम्वन्धि क्षमता अभिबृद्धि तथा श्रोत ब्यक्ति उत्पादन गर्ने उद्देश्यले जिल्लामा कृयाशिल बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिई प्रशिक्षक उत्पादन गरिएको आसा परियोजनाले जनाएको छ । 

यहि फागुन २० गते बाट सुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको प्रमुख आथित्यता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको बिशेष आथित्यतामा तालिम सम्पन्न गरिएको हो ।

तालिमको सहजिकरण मुख्य प्रशिक्षक बल वहादुर शाही, मोहन श्रेष्ठ एवं जलावायु परिवर्तन विज्ञ ईन्गीला मिश्रले गर्नु भएको छ । तालिम अवधिभर आयोजना संयोजक पशुपति नाथ कोईरालाको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!