महेन्द्र जिसी
पोखरा देखी वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको सञ्चालन भएपनि कुश्माको बजार विस्तार भएको बुझिन्छ । सडक विस्तार भएसँगै यहाँको बजार र सदरमुकामको स्थापना गरीएको हो । पर्वत जिल्लाको सदरमुकामको रुपमा रहेको कुश्मा बजारलाई राजमार्गले छोएर गएका कारण यहाँको आर्थिक सामाजीक , शैक्षीकसँगै स्थानीयको जिवन स्तर उकासीएको हो ।
सदरमुकामबासीको जिवन स्तर उकासीँदै गएको भएपनि राजमार्गको स्थर उकासीन नसक्दा दिनानु दिन दुर्घटना र यात्राको जोखीम बढदै गएको छ । २०४२ सालमा निर्माण भएको राजमार्गको स्तरोन्नती हुन नसक्दा सर्वसाधरणको यात्रा कष्टकर बन्दै गएको छ ।
राजमार्ग सुचारु भएको तीन दशक वितिसक्दा समेत सडक विस्तार र स्तारोन्नतीमा स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाउँदा राजमार्ग दिनानुदिन कमजोर बन्दै गएको हो । जिल्ला सदरमुकामलाई छुने नेपालको पुर्व पश्चिम राजमार्गको रुपमा रहेको राजमार्गको ३० मिटर विस्तारको योजना रहेको भएपनि सरकारी निकायको वेवास्था बढदा थप जोखीम बढेको हो ।
तीन दशक सम्म सवारी र सवारी धनीमा व्यापक परिवर्तन आएको भएपनि सडकमा कुनै परिवर्तन नआउँदा आधुनिक सवारी सडक भन्दा बढी फैलिएका कारण पनि राजमार्ग सागुरीन थालेको छ । स– साना सवारीका लागि सडकको दायाँ वायाँ ठाँउँ नहुँदा दिनहुँ सवारी दुर्घटनाको जोखीक जिल्लामा बढदै गएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!