दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामको एभरेष्ट बैंकमा लगाए ताला

Posted on: 13 May, 2024

बैशाख ३१, काठमाडौँ । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै तालाबन्दी गरेका हुन् ।

ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका छन् ।


बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग ठेलमठेल भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको तस्बिर राखिएको छ । बर्दियाका चौधरीले एभरेष्ट र ज्योती विकास बैंकले ऋण तिर्न दबाब दिएको भन्दै आत्महत्या गरेका थिए ।

प्रसाईंका समर्थकहरूले जनकपुरधामस्थित ज्योती विकास बैंकमा पनि तालाबन्दी गर्न पुगेका थिए । तर, प्रहरीले त्यहाँ रोकेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!