धुलो धुवाँबाट बच्न कालिकोटका कामदारलाई मास्क वितरण

Posted on: 03 Mar, 2017


दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले संचालन गरेको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा संचालित कर्नाली रोजगारमा काम गर्ने काम दारहरुका लागि कोटवाडा स्वास्थ्य केन्द्रले मास्क वितरण गरेको छ । 

कर्नाली रोजगारको शिलशिलामा कोटवाडामा संचालित सडक निर्माणमा काम गर्ने करिव १ सय ६० जना कामदारलाई धुलो र धुवाबाट बच्न स्वास्थ्य केन्द्रबाट मास्क वितरण गरिएको हो । 

कोटवाडा स्वास्थ्य केन्द्रका सहायक इन्चार्ज प्रकाश विष्टले कामदारलाई मास्क वितरण गर्नुका साथै प्राथमिक उपचारका लागि उपचार सामाग्री समेत उपलब्ध गराइएको कोटवाडाबाट सन्दीप विष्टले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!