कालिकोटमा भिरबाट खसेर १८ बर्षीय किशोरीको मृत्यु

Posted on: 03 Mar, 2017

दलसिंह गिरी/फागुन २०, कालिकोट । श्री ज्ञानोदय मावि राम्नाकोट कक्षा ११ मा अध्ययनरत एक किशोरीको भिरबाट खसेर घटना स्थलमै ज्यान गएको छ । 

राम्नाकोट गाविस वडा नं. ६ निवासी आमा गोहोडी न्यौपानेकी १८ बर्षिया छोरी सूपर्ना न्यौपानेको भिरबाट खसेर ज्यान गएको हो । बनमा चराउन लगिएका बाख्रा घर ल्याउने क्रममा लाफागेज नजिकैको भिरबाट खसेर आज करिव सवा ४ बजेतिर न्यौपानेको घटना स्थलमै ज्यान गएको मृतकका आफन्त नयाराम बरालले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । मृतक न्यौपाने भिरबाट गरिव ३ सय मिटर तल खसेकी उनका आफन्त बरालले जानकारी दिनु भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!