सरकारी प्रतिनिधि जलबायु परिवर्तन अनुकुलनका प्रशिक्षक बन्दै

Posted on: 02 Mar, 2017


दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ । जिल्ला बन कार्यालयका प्रमुख अचल ढुंगानाको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरिएको हो । 

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) परियोजनाको आयोजनामा संचालित तालिममा जलबायु परिवर्तनको अवस्था यसले पार्ने प्रभाव र यसको नियन्त्रण तथा न्यूनिकरणका लागि आवश्यक पर्ने अनुकुलन योजना निर्माण प्रक्रिया सार्थक तुल्याउन स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्ने जस्ता बिबिध उद्देश्य रहेको आशा परियोजनाका जिल्ला संयोजक अनिर अन्सारीले बताउनु भएको छ । उद्घाटन तालिममा तालिमको आवश्यकता र औचित्यवारे प्रकाश पार्दै अन्सारीले यसका लागि समुदाय स्तरमा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरुलाई नै प्रशिक्षक तयार पारेपछि उनीहरुबाटै स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्न सजिलो हुने भन्दै यस्तो बताउनु भएको हो । 

आज विहिवार देखि ५ दिन सम्म संचालन हुने तालिममा समुदाय संग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका करिव २७ जना प्रतिनिधिहरुले सहभागिता लिएका छन् । तालिम यहि फागुन २३ गते सम्म संचालन हुने आशा परियोजनाका लेखापाल ज्ञान बहादुर ओलीले बताउनु भएको छ । जिल्ला सदरमुकाम मान्मको चन्द्रसूर्य होटलमा आयोजित तालिमको उद्घाटन सत्रको कार्यक्रम संचालन गर्दै लेखापालले यस्तो बताउनु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!