स्वास्थ्य सेवा दिबस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईयो

Posted on: 26 Feb, 2017


दलसिंह गिरी | फागुन १५, कालिकोट | स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ आज कालिकोटमा पनि स्वास्थ्य सेवा दिवस मनाईएको छ । 

विगत ५ बर्ष देखि हरेक बर्ष फागुन १५ गते मनाईने यो दिबस कालिकोटमा भने निबन्ध प्रतियोगिता, बजार र्याली, निशुल्क रक्तचाप परिक्षण लगायतका विविध कार्यक्रम गरी मनाईएको हो । दिवस कै अवसरमा जिल्ला सरदमुकाममा ब्यानर प्लेकार्ड सहित बजार परिक्रमा गरिएको छ भने जिल्ला सदरमुकामको जिरोप्वाइन्ट र प्रतिमाचोकमा निशुल्क रक्तचाप परिक्षणको आयोजना गरी करिव २ सय २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । 

आजै जिल्ला शिक्षा कार्यालयमा स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि विषयक निबन्ध प्रतियोगिताको समेत आयोजना गरी विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको, पंचदेब मावि मान्ममा करिव ५० बढी विद्यार्थीको पिसापको प्रोटिन जाच गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा कार्यक्रमका फोलकलपर्शन हेमराज बमले बताउनु भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने संयोजकत्वमा आयोजित दिबस आजै सम्पन्न भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!