गतबर्ष मात्र बिबाह गरेका श्रीमान-श्रीमति एउटै चित्तामा जले

Posted on: 18 Feb, 2017

दान बहादुर बुढा | फागुन ७, जुम्ला | जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरबाट ५ गते  बिहान ७ बजे तिर सुर्खेतबाट मुगु आउँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनिट्रकबाट दुर्घटनामा परी मृत्यू भएका  मुगु जिल्ला कालैं गाबिस वडा नं ४ घर भएका २७ बर्षिय श्रीमान रंगबहादुर शाही र उनकी २० बर्षिय श्रीमति गंगादेबी शाहीलाई मुगु जिल्ला अस्पतालमा पोष्टमार्टम गरी भट्टेचौरु आरेघाटमा एउटै चितामा जलाइएको छ ।

गतबर्ष मात्र विवाह बन्धनमा बाधिएका रंगबहादुर र गंगादेवीको उपचारपछि मुगु आउँदै गर्दा ट्रक दुर्घटनामा परि मृत्यु भएपछि मृतकको जन्मगाँउ मुगु खनायाँ गाँउ सोकमग्न भएको छ ।

सडक दुर्घटनामा गाडी चालक बर्दिया जिल्ला मैना पोखरी गाबिस वडा नं ८ घर भएका तिर्थराम थारुको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  दुर्घटनामा परेका घाईते भएका गाडीका सह-चालकलाई जुम्ला जिल्ला कर्णाली स्वास्थ्य-बिज्ञान प्रतिस्ठानमा उपचार भई रहेको छ ।

गर्त बर्ष सोही कालै गाँउका २ जान सुर्खेतबाट मुगु आउने क्रममा सडक दुरघटनामा परी एकको मृत्यू एक अपाङ्क भएका हुन ।साघुरो असहज कच्ची रोडका कारण बढी दुरघटना हुने गरेको देखीन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!