अनिश्चितकालिन आन्दोलनले आर्थिक बिकास समितिलाइ धक्का

Posted on: 15 Feb, 2017


दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको आर्थिक विकास समितिको बैठक विषय बस्तुमा छलफलै नगरी स्थगित भएको छ । 

जिल्ला परिषद पूर्व तयारीका लागि गठित विभिन्न ५ वटा समिति मध्य आजबाट सुरु हुन लागेको आर्थिक विकास समितिको बैठक स्थानीय कर्मचारी हकहित संरक्षणको आन्दोलनका कारण स्थगित भएको हो । 

आज दिउसो साढे १ बजे देखि सुरुहुने भनिएको बैठक समयमै सुरु भएपनि आफ्ना मागहरु प्रति राज्यले आफ्ना मागहरु प्रति ब्यवास्था गरेको भन्दै चणरबद्ध आन्दोलनमा उत्रिएका स्थानीय कर्मचारी हकहित संरक्षणका पदाधिकारीहरुले बैठक स्थलमा आई धर्ना दिन थालेपछि कुनै विषय बस्तुमा प्रबेशै नगरी बैठक स्थगित भएको छ ।

स्थानीय कर्मचारी हक हित संरक्षणका जिल्ला संयोजक राज बहादुर बम सहितको टोली आई आर्थिक विकास समिति संग आफुले उठाएका मागहरु कर्मचारीको हितको लागि मात्र नभै समग्र समुदायको हितको निम्ती उठाएकाले आन्दोलनलाई सार्थक तुल्याई दिन अनुरोध गरेपछि, आर्थिक विकास समितिका संयोजक एवं माओवादी केन्द्रका दिनेश चदाराले केही दिनका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ । 

यहि फागुन २९ गते हुने २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी समिति अन्तर्गत जिल्ला विकास समितिले आर्थिक विकास समितिको बैठक ४ र ५ गते, बन तथा बाताबरण समितिको बैठक ६ गते, सामाजिक विकास समितिको बैठक ७ र ८ गते, भौतिक पूर्वाधार विका समितिको बैठक ९ र १० गते, सुशासन तथा संस्थागत विकास समितिको बैठक ११ गते बस्ने कार्यतालिका तयार पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!