एचआईभि संक्रमण न्यूनिकरणमा संक्रमित शाहीनै अग्रसर

Posted on: 05 Feb, 2017


दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी नियन्त्रण अभियानमा लाग्नु भएको छ । 

१३ बर्ष पहिले आफु ज्वरोले थलापरि उपचारको शिलशिलामा काठ्माण्डौंमा चेकजाच गर्दा एचआईभी संक्रमण बारे थाहापाई विरक्तिएका शाही केही बर्षको कैलाली बसाई पछि अहिले कालिकोटमा एचआईभी न्युनिकरण अभियानमा लाग्नु भएको हो । 

कैलालीमा एचआईभी संक्रमीतहरुको बाकी जिवन शुखमय जिउन पृष्टपोषण गर्दै आएको नबकिरण प्लस संस्था जिवनमा केही गर्नपर्छ भन्ने प्रेरणा पाएका शाही २०६५ मा कालिकोट आई कर्नाली प्लस संस्था दर्ता गरी बैधानिक ढंगले अभियान थालेको बताउनु हुन्छ ।

संस्था संचालनको आठ बर्षको प्रियटमा कुनै कतैबाट एचआईभी संक्रमण न्यूनिकरण अभियानका बारे सहयोग तथा हौसला नपाए पनि आफ्नै ब्यक्तिगत प्रयासमा लालुका केही एचआइभी संक्रमितहरुलाई एआरटी सेवनको लागि सुर्खेत नेपालगंज सम्म लगेर उपचार गराउने काम गरेको बताउनु हुन्छ । उपचार गराईरहेका मध्य ४ जनाको मृत्यु भैसके पनि अन्य भने औषधी सेवन गरिरहेका र उनीहरुको स्वास्थ्य स्थीति राम्रो रहेको शाही बताउनु हुन्छ ।

आज जिल्ला सदरमुकाम मान्ममा आयोजित एचआईभी न्युनिकरण सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु संगको समन्वययात्क बैठकमा बोल्दै शाहीले विगत बर्ष कर्नाली प्लस अभियान संचालनका लागि कुनै सयोग र हौसला नपाएपनि अहिले राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल काठ्माण्डौंको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको छ ।

एचआईभी संक्रमितहरुको जिबनस्तर माथि उकास्न, एचआईभीबाट बच्ने उपाय तथा संक्रमण न्यूनिकरणका लागि जनचेतनामुलक अभियान संचालन गर्नेगरेको बताउदै शाहीले यो अभियानलाई सार्थक तुल्याउन सम्पूर्ण सरोकारवाला निकायहरुले आआफ्नो क्षेत्रबाट सक्दो सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ । 

कर्नाली प्लसका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अजिर आलमको प्रमुख आथित्यता जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुको उपस्थितिमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले एचआईभी न्यूनिकरण अभियानमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगमा प्रतिवद्ध रहेको जनाएका छन् । 

समन्वययात्मक बैठकको औचित्यबारे प्रकाश पार्दै  संस्थाका प्रशासकिय अधिकृत दिपक शाहीले स्वास्थ्य जाचमा आएका मध्य हाल जिल्लामा ३५ जना एचआईभि संक्रमित रहेको जसमा १९ जना महिला १५ जना पुरुष र एक जना ८ बर्षिया बालिका रहेको बताउनु भएको छ । 

खुलेर स्वास्थ्य जाच गर्न आउन हिचकीचावटका कारण जिल्लामा यथार्थ तथांक आउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आलमले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!