धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण

Posted on: 29 Jan, 2017


सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा  कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार सम्पन्न भएको कार्यक्रममा धरमपानी गाविसका १८ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गोठेमलको सुधार, मलमुत्रको व्यवस्थापन, गोठेमल बनाउने तरिका, गोठेमलबाट वालिमा हुने फाईदाको बारेमा 

सहभागीहरुलाइ जानकारि दिइएको थियो । रासायनिक मलको न्युनीकरण गर्दै अर्गानिक खेति तर्फ किसानलाई प्रोत्साहन गर्ने  उध्यश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै गाविस सचिव लेखनाथ भट्टराईले किसानलाई आफ्नै घर वरिपरि खेरा गईरहेको फोहोर मैलालाई व्यवस्थित गर्दै समग्र देशले लिएको पूर्ण आनिवानिको  अभियानमा एकाकार हुन कृषकहरुलाई आग्रह गर्नुभएको थियो ।  साथै रसायनिक मल तथा विषादिले मान्छे लाई मात्र असर नगरेर  माटोको उर्वरा शक्ति नष्ट गर्ने भएकाले गोठेमलको प्रयोग गरि खेतिपाती गर्नुपर्नेमा उहाको जोड  थियो ।

जिल्ला कृषि विकास कार्यालय प्युठानका प्राविधिक सहायक केशव खनालले  कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!