बत्ति बाल्ने योजना बनाएका स्थानीयमा निराशा

Posted on: 29 Jan, 2017

नन्द बहादुर रोकाया/माघ १६, मुगु । रुगा  गाविस वडा नं ,३ थार्प गाउँका स्थानीयका अनुसार बत्ति पु¥याउछु भन्दै बिधुत प्राविधिकरणले ठेक्का मार्फत लाईन तानेको एक बर्ष बित्यो तर गाउँमा पोलमात्र गाडिएका छन । 

पोलमा गाडिएका तारापनी छेतबिछेत अबस्थामा छन । टान्सफरमा पानीले खिया लाग्यको छ । गाउँमा लाईन तानीए संगै बत्ति आउछ भन्दै स्थानीयले आ आफनो घरमा वाईरिङग समेत गरीसकेका छन । 

तर बर्ष दिन बितीसक्दा पनी पोलमा लाईनमात्र गाडिदा बत्ति बाल्ने योजना बनाएका स्थानीयमा निराशा छाएको स्थानीयले बताएका छन  । ठेक्का मार्फत काम भईरहेको भएपनी ठेक्कादारको लार्परवाईले यस्तो अवस्था आएको सोहि गाउँमा स्थानीय बाँकिलाल नेपाली दुखेसो गनुभयो  । 

अहिले रुगा  गाविस वडा नं ,३ थार्प गाउँका स्थानीय उज्यालोको लागी दियोलो (झरो) बालेर बस्न बाध्य छन् । झण्डै १२० घर दुरी रहेका  गाउँका स्थानीय उज्यालोको रुपमा  दियालो बाल्न बाध्य भएको् नेपाली ले भन्नुभयो । साँझ पर्न थाले पछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । 

उज्याालो का लागी सल्लोको दियालो प्रयोग गर्ने गरेपनी ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकाले घर उज्यालोम समस्या हुने गरेको नेपालीको भनाई रहेको छ । गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या त बिद्यार्थीहरुलाई भएको छ । 

दिउँस जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने बिहाना उठ्दा नाक मुख कालो हुने हुदाँ  पठन पाठनमा निकै समस्या हुने गरेको छ अर्का स्थानीय राम नेपालीले बताउनुभयो । 

मुगुमा २०६८ साल साउनको महिना बाट बत्ती बल्यो तर“आफुहरुले बत्ती बलेको बिगत ५ बर्ष बितिसक्दा पनी बत्तिको सेवा नपाएको स्थानीयले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!