शिक्षक समाज परिबर्तनका संवाहक हुन : घिमिरे

Posted on: 28 Jan, 2017

सागर शर्मा, माघ १५, प्युठान । शिक्षक समाजको ऐना भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे ले बताउनु भएको छ । शनिवार खंलगामा आयोजित अखिल नेपाल शिक्षक संघ प्युठानको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाले शिक्षक नै समाज परिवर्तनको संवाहक भएको वताउनुभयो ।  शिक्षक राजनितिक संगठन भन्दा पनि बढी  समाज परिवर्तन गर्न अग्रसर हुनुपर्ने  उहाको भनाइ थियो । 

 कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणि पौडेलले शिक्षाको नीतिलाई कुनैपनि दलले नहेरेको, शैक्षिक जनशक्तिको लागि बजेट नभएको , शिक्षकलाई थाई दरवन्दी वितरण नगरिएको, अहिलेको शिक्षाले व्याक्तिलाई व्यावहारिक जिवनमा खासै प्रभाव पार्न नसकेको कुरा बताउनु भएको थियो ।  

कार्यक्रममा बोल्ने अधिकाशँ बक्ताहरुले २०४२ सालमा स्थापना भएको संगठनको मुख्य उद्धेश्य शैक्षिक संगठनको गुणस्तर रहेको  बताएका थिए।

अखिल नेपाल शिक्षक संघका अध्यक्ष विन्दु विष्टको अध्यक्षता, अखिल नेपाल शिक्षक संघका महासचिव तथा शिक्षक महासंघका केन्द्रिय सदस्य चक्रपाणी पौडेलको प्रमुख आथिथ्यता, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक संघमा आवद्ध जिल्ला स्थित शिक्षकहरु, जिल्ला स्थित अन्य शिक्षक संघका प्रतिनीधिहरु, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!