प्युठान प्रशासनमा सिसि क्यामेरा जडान

Posted on: 27 Jan, 2017

सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय प्युठानले सिसि क्यामेरा जडान गरेको हो ।

सिसि क्यामेरा जडान भएपछि प्रमुख जिल्ला अधिकारीले आफ्नो कक्षमा बसेर फाँटका गतिविधि नियाल्न सक्ने छन। गृह मन्त्रालयको १ लाख ५० हजार रुपैयाँको लागतमा जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान गरिएको हो । 

कार्यालयमा जडान भएको ८ वटा सिसि क्यामराबाट प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखिएको सिसिटिभी स्क्रीन मार्फत् कार्यालयका  गतिविधि निगरानी हुने वताइएको छ ।

सेवाग्राहीको बढी चाप हुने मुद्धाफाँट, नागरिकता फाँट, राहदानी फाँट, सेवाग्राही प्रतिक्षालय र प्रवेशद्वारलाई लक्षित गरी  क्यामरा राखिएका छन् । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रशासनिक काम कारबाही प्रभावकारी बनाउने उद्देश्यले कार्यालयको मुलगेटदेखि कर्मचारीको कार्यकक्षसम्म सिसि क्यामरा जडान गरेपछि कर्मचारीहरुले प्रभावकारी काम गर्न थालेको वताए ।

सिसि क्यामेराको जडान पश्चात् विभिन्न कक्षका सेवाहरु सिधै अनुगमन गर्न सहज भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मध्य जिल्ला प्रशासनले पहिलो पट्क कार्यालयमा बिधुतिय उपकरण जडान गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!