मुगुमा कटुवाल प्रथा कायमै

Posted on: 22 Jan, 2017

नन्द बहादुर रोकाया/माघ ९, मुगु । मुगुका ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको विस्तार भए पनि कतिपय गाउँमा भने सूचना दिने माध्यमका रुपमा ‘कटुवाल प्रथा’कायमै छ । 

जिल्ला सदरमुकाम गमगढी संग जोडिएका र सूचना प्रविधिको पहुँच भएका गाउँमा समेत कटुवाल प्रथा जीवितै रहेको छ भने जिल्लाका खत्याड भेग,सोरु भेग र करान भेग लगायतका गाविसमा कटुवाल प्रथा सूचना प्रवाह गर्ने भरपर्दो माध्यम बनेको स्थानीयले बताएका छन ।  

गाउँमा हुने विभिन्न सामाजिक कामका बारेमा स्थानीयवासीलाई जानकारी दिने काम आजभोली पनी कटुवालले गर्दै आएका स्थानीयले  पदम शाहीले बताउनुभयो ।  मुगुमा कटुवालले सूचना प्रवाह गर्ने कामलाई स्थानीयवासीले कुल्लीने’ भनेर बुझ्ने गरेको स्थानीयको भनाइ छ । 

गाउँघरमा हुने पूजाआजा, सामाजिक कार्य र दसँैजस्ता चाडबाडमा हुने पूजा र सार्वजनिक महत्वका विषयमा स्थानीयवासीलाई सूचना दिन र उपस्थित गराउन कटुवालले महत्वपुर्ण भूमिका खेल्ने गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!