कर्नालीमै पहिलो पटक बायोप्लान्ट बन्दै

Posted on: 22 Jan, 2017

दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्न कर्नालीमै पहिलो पटक बायोग्यास प्लान निर्माण हुने भएको छ । 

जिल्ला अस्पतालबाट निस्कीने फोहोरलाई ब्यवस्थापन गर्न जटिल भौगोलिक विकटताका कारण चुनौति थपि स्वास्थ्य क्षेत्रको स्वच्छतामा समस्या देखिएकाले यसको सहि ब्यवस्थापन गरी त्यसबाट निक्लिने जैविक शक्ति उपयोगका लागि बायोग्यास प्लान्ट निर्माण हुने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल ब्यवस्थापन समितिको संयुक्त आयोजनामा हिजो शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कौशल अलिले बायोग्यास प्लान निर्माणका लागि प्रक्रिया अगाडी बढाई सकेको बताउनु भएको छ । 

जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकारभेटघाटमा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा स्थानीय तथा राष्ट्रिय स्तरका संचार माध्यममा प्रकाशन तथा प्रशारण भएका समाचारहरुको यथार्थता बारे प्रकाश पार्दै स्वास्थ्य प्रमुख अलिले स्वास्थ्य क्षेत्रको स्तर विकासका लागि फोहोर ब्यवस्थापन एक प्रमुख सवाल रहेको बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!