हुम्ला-कर्नाली राजमार्गको अम्ताडामा यात्रुवाहक जिप पल्टियो

Posted on: 18 Jan, 2017

दलसिंह गिरी | माघ ५, कालिकोट | हुम्ला कर्नाली राजमार्गको लालिघाट देखि सान्तीघाट सडक खण्डमा पर्ने रकु गाविसको अम्ताडामा यात्रुबाहक जिप पल्टीएको छ । राराकर्नाली यातायातको क १ ज ११ नम्बरको जिप सडकमै पल्टीएको हो । भर्खरै निर्माणाधिन कच्ची बाटोमा पानीभरिएर हिलाम्मैं भई खाल्डाखुल्डी भएका कारण जिप सडकमै पल्टीएको तर जिपमा सवार यात्रुहरुलाई भने सामान्य ठोकठाक बाहेक खासै चोटपटक नलागेको स्थानीयले बताएका छन् ।

लालिघाट देखि यात्रु लिई शान्तिघाट तर्फ गैरहेको जिप विचबाटोमै पल्टीएको हो । जिप पल्टीए लगतै नेपाली सेनाले सडक निर्माणको लागि प्रयोगमा ल्याएको स्काभेटरले जिपको उद्धार गरिसकेको स्थानीयले बताएका छन् । 

यहि गएको जेठ २३ गते तत्कालिन संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको प्रमुख आथित्यता, अर्थमन्त्रालयका सह–सचिव रामश्रण पुडासैनीको विशेष आथित्यता लगायत विभिन्न मन्त्रालयका उपसचिव, सांसद एवं अहिले पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवन शाही, ललितजंग शाही, मोहन बानिया, धन बहादुर थापा, जानकी साउद, कर्ण विकलगायतका नेताहरुको उपस्थीतिमा हुम्ला कर्नाली राजमार्ग अन्तर्गत कोटवाडाको लालिघाट देखि रकुको रेगिंलघाट सम्मको ६ किलोकिलो मिटर सडक ७ वटा जिप एकै साथ गुडाई रोड संचालनमा ल्याएको थियो । हाल उक्त सडकमा राराकर्नाली यातायातका ३ वटा जीपहरु संचालनमा आइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!