शिक्षकहरुले काम गरि तलब नपाउदा विद्ययालय ठप्प

Posted on: 05 Jan, 2017

खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार देखि कक्षा ६,७ र ८ मा पढ्दै आइरहेका विद्ययार्थीहरुले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

केहि शिक्षकहरु उक्त्त विद्ययालयमा न्युन तलबमा निजि श्रोत बाट राखिएको छ । विगत ९ महिना देखि काम गरेर पनि त्यहि न्युन तलब नपाएको भन्दै आफुहरु पढाउन नगएको शिक्षक चेतबहादुर बुढाथोकीले बताएका छन । अहिले आफु सहित अन्य ३ जनाले तलब नपाएको बुढाथोकीले बताए । 

जबसम्म विद्ययालय व्यबस्थापन समितीले आफुहरुलाई तलब दिदैन तवसम्म पढाउन नजाने शिक्षकहरुले दाबि गरेका छन भने शिक्षकहरु पढाउन विद्ययालय नगए सम्म तालाबन्दी नखोलीने विद्ययार्थीहरुले चेतावनी दिएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!