सल्यानमा नयाँ यातायात प्रालि, १० वटा डिलक्स बस बुकिङ

Posted on: 17 Dec, 2016

शंकर के सी, पुस २, सल्यान । सल्यानमा अबको केहि दिनमै यातायात सेवा प्रदान गर्ने भर्खरै खुलेको शारदा यातायात प्रालिले दाबी गरेको छ । र उसले १० वटा डिलक्स बस बुकिङ गरिसकेको पनि जनाएको छ ।

उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयमा पौष १ गते शुक्रबार दर्ता भएको शारदा यातायात सेवा प्रालिले अबको केही दिनमै पहिलो पटक सल्यान खलंगाबाट काठमाडौंको रुटमा गाडी संचालन गर्ने जनाएको हो ।

प्रालिका अध्यक्ष पूर्ण बहादुर खत्रीले भने– ‘हाम्रो सल्यानको यातायात क्षेत्रलाइ थप व्यवस्थीत र यात्रुमुखी बनाउन हाम्रो प्रालिले डिलक्स गाडीहरु सञ्चालन गर्न लागेको छ ।’

यात्रुहरुको माग र आवश्यकतालाइ मध्यनजर गरेर विभिन्न रुटहरुमा पनि गाडी सञ्चालन गरिने उनले जनाए ।  पुर्ण बहादुर खत्रीको अध्यक्षता मा ९ सदस्यीय संचालक समिति गठन गरिएको सचिव गोविन्द ओलीले जनाएका छन् ।

जिल्लामा यस अघि विभिन्न यातायात प्रालि दर्ता भए पनि सञ्चालन हुन सकेका छैनन् । बरु नयाँ प्रालि खोल्दै यस अघिकै समिती सल्यान रुकुम यातायात व्यवशायी समिती संग गाभिने गरेका छन् ।

तर शारदा यातायात प्रालिले भने जसरि भएपनि यातायात सेवा प्रदान गर्ने दाबी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!