ताप्लेजुङ केन्द्रविन्दु भएर गएराती गयो भूकम्प

Posted on: 15 Sep, 2024

भदौ ३०, काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर गएराती भूकम्प गएको छ |

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ :०८ मा  ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प  ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!