भाटेकोशी नदीमा गाडी खस्यो

Posted on: 13 Sep, 2024

भदौ २८, काठमाडौँ ।  सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको बताए ।


गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्नेसम्म यकिन हुन बाँकी रहेको उनले बताए । ‘हामीले स्थानीयहरुसँग समेत सोधपुछ गरेका छौं । तर गाडीसमेत यकिन हुन सकेको छैन । नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको छ’ एसपी खड्काले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!