श्रीमतीको हत्यामा संलग्नता रहेको आरोपमा श्रीमान पक्राउ

Posted on: 10 Sep, 2024

भदौ २५, काठमाडौं । ललितपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका-७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई रहेका छन् ।

ललितपुर महानगरपालिका-२४ धापाखेल नखुडोलमा भदौ १२ गते ३५ वर्षीय शशीकला राई आफ्नै कोठामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अनुसन्धान गर्दै जाँदा हत्यामा श्रीमानकै संलग्नता देखिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!