एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा श्री एयरलाइन्सका यात्रु पक्राउ

Posted on: 31 Jul, 2024

साउन १६, काठमाडौँ ।  श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का  शिवराज ओझा छन् ।


मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेजमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए ।
कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!