भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,एक घाइते

Posted on: 28 Jul, 2024

साउन १३, काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भने एक जना घाइते छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर घई हाल भक्तपुरको कमलविनायक बस्ने २१ वर्षीय सुवास तामाङ रहेको भक्तपुर प्रहरीले जानकारी दिए ।

आज राति सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरेले पछाडिबाट ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा १ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार काभ्रे घर भई कमलविनायक बस्दै आएका २० वर्षीय सन्जिव थापामगर घाइते छन् । उनको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!