त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, यात्रुको अवस्था अज्ञात

Posted on: 24 Jul, 2024

साउन ९, काठमाडौँ । काठमाडौंको त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएको छ। जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो। अहिले जहाजबाट धुवाँको मुस्लो देखिएको छ।


जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!