पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले उनको अस्पतालको भीभीआईपी कक्षमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!