डेढ घण्टापछि चल्यो चन्द्रागिरि केबलकार

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!