‘केही महत्त्वपूर्ण काम गर्नु छ’ भन्दै कामबाट बिदा लिएका थिए ट्रम्पलाई गोली हान्ने युवकले

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । गत  शनिबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेका २० वर्षीय युवक थोमस माथ्यु क्रुक्सले ‘केही महत्त्वपूर्ण काम गर्नुपर्ने’ भन्दै उक्त दिन कार्यस्थलमा बिदा मागेको खुलेको छ । उनका ‘बोस’ले यस्तो बताएका हुन् ।


घरनजिकैको एउटा नर्सिङहोमको किचेनमा क्रुक्स काम गर्थे । उनले बिदा माग्ने क्रममा भनेका थिए, “मलाई डे अफ चाहिएको छ । मैले केही महत्त्वपूर्ण काम गर्नु छ ।”

उनले सहकर्मीलाई ‘आइतबार भेटौँला’ समेत भनेका थिए । ट्रम्पको हत्या प्रयासमा उनको उद्देश्यबारे अनुसन्धान जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!