दक्षिण कोरियामा कामदारको तलब बढ्यो

Posted on: 12 Jul, 2024

असार २८, काठमाडौँ । दक्षिण कोरियामा कामदारको तलब बढेको छ। सन २०२५ का लागि १.७ प्रतिशतले तलब बढाइएको हो। न्यूनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११ औं बैठकले प्रति घण्टा १० हजार ३० वन निर्धारण गरेको हो। 

२०२४ को तुलनामा १७० वन वृद्धि भएको छ।  महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत सबै श्रमिकले न्यूनतम तलब २० लाख ९६ हजार २७० वन पाउनेछन्। न्यूनतम तलब निर्धारण समितिमा श्रमिक युनियन, सरकार र कम्पनी व्यवसायीको ९/९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन्। 

श्रमिक युनियनले सुरुमा प्रति घण्टा १२ हजार २ सय वन निर्धारण हुनुपर्ने माग राखेको थियो। कम्पनी, व्यवसायी र सरकारले यथावत् राख्ने, धेरै बढाउन नसकिने अडान लिएको थियो। 

समितिको बैठकमा रोजगारदाता पक्षले प्रस्ताव गरेको १० हजार ३० वन प्रति घण्टाको पक्षमा १४ मत र श्रमिक युनियन पक्षको १० हजार १२० वन प्रति घण्टाको पक्ष मा ९ मत मात्र खसेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!