‘रेड जोन’ मा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय, टिकट नकाटी यात्रा गराउनेलाई कारबाही

Posted on: 12 Jul, 2024

असार २८,  काठमाडौं ।  गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल भएको छ ।

आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज गृह मन्त्रालयमा गृह सचिवसहितको छलफल भएको बताए ।


उनले भने, ‘रात्रि बस रोक्ने कुनै कुरा भएको छैन । कुनै ठाउँमा पहिलो जाँदा देशभर नै रात्रि बस रोक्ने भन्ने हुँदैन । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा रोक्ने र त्यहाँ गाडी रोक्ने भएको छ । यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन दिएका छन् ।’

कुनै ठाउँको सडकमा पहिरो गएर सडक बन्द हुँदा देशभर नै रात्रि बस रोक्ने कुरा हुँदैन । राज्यले बर्खाको समयभन्दा पहिले नै सवारी दुर्घटना रोक्न काम गर्नु पर्ने सिटौलाले बताए ।

गृह मन्त्रालयले ‘रेड जोन’ मा रात्रिकालीन बस सेवा सञ्चालन नगर्ने निर्णय भएको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरियामा रात्रिकालीन बस नचलाउने निर्णय भएको गृहसचिव एकनारायण अर्यालले बताए ।

उनले भने, ‘रेड जोन अर्थात ३ दिन अघि नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको क्षेत्रमा रात्रिकालिन बस व्यवसाय सञ्चालन नगर्ने, क्षमता भन्दा बढी सवारीसाधन चलाउन नदिने, र यात्रुले अनिवार्य टिकट लिएर अनिवार्य यात्र गर्नुपर्ने निर्णय भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!