चितवनमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालकको मृत्यु

Posted on: 12 Jul, 2024

असार २८, चितवन | चितवनमा दुई वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताए । 

आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् । ढुंगा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!